Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २२ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर २२ गते, मंसिर कृष्ण एकादशी तिथी शुक्रबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज मुद्दा मामिला आउन सक्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने भय रहेको छ। प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नुका साथै सौन्दर्यतामा धन खर्च होला।

वृष  तपाइको आज शुभकार्यको चर्चा हुनुका साथै योजना पनि बन्ला, शत्रुमाथि विजय प्राप्त होला। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जाला।

मिथुन - तपाईको आज धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न यात्रा सफल हुनेछ, तर लामो यात्राबाट भने हानी होला। मानसम्मान प्राप्त होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रविधि मार्फत काम अघि बढ्ने र प्रेमसम्बन्ध तथा प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पाइएला।

सिंह तपाईको आज पारिवारिक जमघट र सद्भाव बढेर जानेछ। मनमा निराशा र शरीरमा आलस्य आउनसक्छ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज विपरीत वर्ग प्रति आकर्षण बढ्ला। कला र गलाको प्रभाव बढ्ने र सामाजिक तथा राजनैतिक क्षेत्रमा विभिन्न अवसर आउला।

तुला - तपाइको आज लगनशीलताले कामहरू अगाडि बढ्लान।

नयाँनयाँ ज्ञान सिक्ने मौका पाइएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

वृश्चिक  तपाईको आज शुभकार्यको चर्चा हुनाले मनमा प्रसन्नता छाउला। महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग पाइएला।

धनु  तपाइको आज प्रेमप्रसङ्गमा नरमाइलोपन आउनाले मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुनेछ तर भाग्यले साथ भने दिनेछ।

मकर - मकर राशीका तपाइको आज न्यायिक कार्यमा सफलता पाइएला। आस्था र पराक्रममा वृद्धि हुनुका साथै सामाजिक र राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज यात्राबाट टाढै रहनु राम्रो हुनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुका साथै इच्छा र आकाङ्क्षा पूर्ण होलान। मित्र वा आफन्तको सहयोग पाइएला।

मिन – तपाइको आज साँझपख शुभ समाचार आउनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नुका साथै एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप