Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर २० गते बुधबारको राशीफल

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल मंसिर २० गते, मंसिर कृष्ण नवमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज पारिवारिक जमघटको वातावरण  बन्नसक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ। शेयर बजारले साथ दिनेछ।

वृष – तपाइको आज क्रोध, प्रतिशोध र रिसराग माथि नियन्त्रण गर्नु राम्रो होला। मालसामान हराउन सक्ने र ससाना समस्यामा अल्झनुपर्ने हुनसक्छ।

मिथुन - तपाईको आज शुभकार्यको चर्चा होला, नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज उत्साहजनक सफल यात्राको योग रहेको छ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। धैर्य एवं लगनशीलताले बढी अवसर दिनेछ।

सिंह – तपाईको आज सामाजिक क्षेत्रमा सफलता पाइएला। रोकिएका महत्त्वपूर्ण कामको थालनी हुने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साँझमा खर्च बढ्ने योग रहेको छ। सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न सकिएला।

तुला - तपाइको आज लाभदायक र फाइदा मूलक योजना बन्ला। ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता पाइएला।

वृश्चिक – तपाईको आज भाग्यले विभिन्न अवसर पनि जुराउला। राजनैतिक तथा समाजसेवामा मन जाने र वाक्चातुर्यले सङ्कल्प सिद्ध हुने समय छ।

धनु – तपाइको आज साथीभाइले पनि राम्रै सहयोग गर्नेछन। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ भने मन पनि प्रसन्न रहला।

मकर - मकर राशीका तपाइको आज साझेदारीको काममा उल्झन आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज व्यापार सामान्य नै रहला। अरुलाई प्रभावित पारेर काम बन्न सक्छ। रोकिएको धन हात पर्ने र न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

मिन – तपाइको आज आर्थिक कारोबार कमजोर रहनेछ। रोकिएका काम पुनः सुरु हुन सक्लान। महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप