Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १२ गते मंगलबारको राशीफल

  •   ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल मंसिर १२ गते, मंसिर कृष्ण प्रतिपदा तिथी मंगलबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कला र गलाको प्रभाव बढ्ला, सामाजिक पद र प्रतिष्ठा कमाउने बेला रहेको छ। शुभकार्यको चर्चा हुनुका साथै परिवारमा सुख सन्तोष छाउला।

वृष – तपाइको आज सामाजिक क्षेत्रमा सफलतको समाचार सुन्न पाइएला, कृषि क्षेत्रको काम अघि बढेर जाला। राज्यबाट मान सम्मान पनि पाइनेछ।

मिथुन - तपाईको आज विद्यामा सफलता पाइएला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने र सरकारी निकायको भय रहने छ, परिवारमा चिन्ता बढ्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ, प्रेमीको सहयोग प्राप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने र न्यायिक कार्यमा सफलता मिल्ने समय छ।

सिंह – तपाईको आज अतिथिको रूपमा सत्कार पाइएला। रोकिएको धन हात पर्ने र धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ।

कन्या - कन्या राशीका तपाईको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा होला। आत्मविश्वास र पराक्रममा वृद्धि होला।

तुला - तपाइको आज प्रेममा बाधाका आउनाले मन कमजोर हुनेछ, दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला, बन्न लागेको काम बिग्रनसक्छ सचेत रहनुहोला।

वृश्चिक – तपाईको आज सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना रहेको छ । लगनशीलताले गरेका कामहरू अगाडि बढ्लान।

धनु – तपाइको आज व्यापार, व्यवसायमा लाभ नमिल्न सक्छ। अरुलाई प्रभावित पारेर काम बन्ने र पारिवारिक मनोरञ्जन हुने तथा सद्भाव पनि बढ्नेछ।

मकर - मकर राशीका तपाइको आज जोशजाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउला। प्रेम र दाम्पत्य जीवन सुखमय होला।

कुम्भ - कुम्भ राशीका तपाइको आज सामान हराउने भय रहेको छ आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला।

मिन – तपाइको आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्तसँग सहकार्यको अवसर पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप