Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ ९ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | ९ जेष्ठ २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल जेठ ९  गते, जेठ शुक्ल चतुर्थी तिथी मंगलबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइएला भने मित्रबाट विशेष सहयोग मिल्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै घरमा अतिथिको आगमन हुने योग छ।

वृष - तपाईको आज अकस्मात् धन सम्पत्ति हात पर्ने र धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ, नयाँ र शुभकार्यको चर्चा पनि हुनेछ।

मिथुन - तपाईको आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला, बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज चिन्ता बढ्नुका साथै यात्रामा बिघ्नबाधा आउने छ। गरेको काममा ढिलासुस्ती होला, पारिवारिक समस्या आइपर्न सक्छ, शेयर बजारले भने साथ दिने समय छ।

सिंह – तपाईले आज काम देखाएर अरूको मन लोभ्याउन सक्नुहोला। महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्ने र आकस्मिक धन लाभ हुने योग छ।

कन्या - कन्या राशीका तपाइँको आज नयाँ कार्यको योजना बन्ने र कुनै कुराले मन प्रसन्न रहला। लामो समदेखि रोकिएका अधुरा कार्यहरू पुन: प्रारम्भ होलान।

तुला - आज तपाइले जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग छ साथै स्वादिष्ट भोजनको अबसर पाइएला।

वृश्चिक – तपाईको आज आर्थिक कारोबार पनि भद्रगोल हुनेछ। विचार गरेर निर्णय लिनु उचित रहला, तर प्रेमीको साथले मध्यान्हबाट दिन सुखद् हुनसक्छ।

धनु – तपाइको आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने, साहित्यिक क्षेत्रमा रूचि बढ्ने र पारिवारिक साथ, प्रेम, सद्भाव, स्नेह बढ्ने योग छ।

मकर - मकर राशीका तपाईको आज नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने देखिन्छ। दैनिक कार्यमा प्रगति होला। जोशजाँगर र हिम्मत बढ्नेछ  र रमणीय तथा सुखद् यात्राको योजना बन्नेछ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज नयाँ कार्यको थालनी हुनुका साथै ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् त्यस्तै धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्न सक्छन।

मिन - तपाईको आजको दिन प्रतिकूल छ, संयम रहनु आवश्यक होला। काममा बिघ्नबाधा ज्यादा आइलाग्न सक्ने र साँझमा प्रेमीको साथले मन खुसी हुने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप