आज जेठ २६ गते शुक्रबारको राशीफल।शुभ बिहानी, आज २०८० साल जेठ २६ गते, असार कृष्ण षष्ठी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइएला। रमणीय र सुखद् यात्राको
योग रहेको छ। मित्रबाट विशेष सहयोग मिल्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।
वृष - तपाईको
आज रमणीय र सुखद् यात्रा, नयाँ वस्त्र, अलङ्कारको प्राप्ति, जोशजाँगर र हिम्मत बढ्ने, दैनिक
कार्यहरूमा प्रगति हुने योग रहेको छ।
मिथुन - तपाईको
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ला।
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइएला। जीवनसाथीको सल्लाहमा
गरिएको कार्यमा अधिक सफलता होला। मनमा हर्ष, उमङ्ग
र उत्साह छाउला।
सिंह – तपाईको आज लामो
समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा होलान, कुनै कुराले मनमा शान्ति छाउने र पारिवारिक
साथ, सहयोग र समर्थन मिल्ने समय छ।
कन्या - कन्या राशीका तपाइँको आज आफन्तसँग भेटघाट होला। बहुप्रतिक्षित काम
प्रारम्भ हुने समय रहेको छ। पुँजीबजार / शेयर बजारको लगानीले पनि गति लिन सक्छ।
तुला - आज तपाइको परिश्रमको
प्रतिफल ढिलो प्राप्त हुने, शत्रुहरूको गतिविधिले आत्मबल घटाउने र साँझमा शुभ
समाचार पाइने समय छ।
वृश्चिक – तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। इच्छा र
आकाङ्क्षा पूर्ण होलान। ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने समय छ।
धनु – तपाइको आज सामाजिक पदप्रतिष्ठा प्राप्त हुनुका साथै धार्मिक
कार्यमा रुचि रहने देखिन्छ भने आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान।
मकर - मकर राशीका आज अकस्मात् धन सम्पत्ति
हात पर्न सक्छ। शुभकार्यको चर्चा हुने र धर्म कर्म, परोपकार, समाजसेवा
जस्ता कार्यमा मन जानेछ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज लाभहानी, आयव्यय, सुखदुःख
बराबरी खालको समय छ। प्राविधिक कामबाट भने राम्रो होला सत्कर्म गरे अवश्य सफलता पाइएला।
मिन – आज काम देखाएर अरूको मन लोभ्याउन
सकिएला। महिला वा मित्रबाट विशेष सहयोग होला। आकस्मिक धन लाभ पनि हुनेछ समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता