Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन ८ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | ८ साउन २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल साउन ८ गते, अधिक साउन शुक्ल षष्ठी तिथी सोमबार। न्युज बहार. कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कीर्तिमानी काम गर्ने, सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्ने र  वैदेशिक कार्य अघि बढ्ने समय छ।

वृष - तपाईलाई आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान। पुरानो समस्या सुल्झाउन सकिला। व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिएको छ।

मिथुन - तपाईको आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। यात्रामा मालसामान हराउने र मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्ने हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आजको समय शुभ रहला। नयाँ ज्ञान सिक्ने मौका पाइएला। साथीभाइसँग रमाइला पलहरू व्यतीत होला र काम गर्ने जाँगर, उमङ्ग बढ्ने देकिन्छ।

सिंह – तपाईको आज रमणीय र सुखद् यात्राको, विपरीत वर्ग प्रति आकर्षण बढ्ने, नयाँ कामको थालनी हुने र बोल्दा निकै विचार पुर्याउनु पर्ने योग छ।

कन्या - कन्या राशीका तपाईको आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नसक्छ। मठमन्दिरको भ्रमणले थप ऊर्जा दिनेछ। विद्याको क्षेत्र पनि सबल नै होला।

तुला - तपाइको आज कार्य सम्पादनमा समस्या आउला। पुँजी बजारमा लगानी नगर्दा नै राम्रो होला, तर आत्मबल बढाएर काम गरेमा सफल भइएला।

वृश्चिक – तपाईको आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिन बढी सकारात्मक हुने छ। वित्तिय संस्थाबाट सहयोग पनि पाइएला।

धनु – तपाइको आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्ला। ऋण गरेरै भएनि सामान खरीद गरिएला, तर खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नु पर्ला।

मकर - मकर राशीका तपाइको आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ला। मनमा उत्साहका साथै बोली बिक्ने, घरमा अतिथिको आगमन पनि हुने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज मनमा दुबिधा उत्पन्न होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, तर अरूको मुख नहेरी सही निर्णय लिन सक्नाले अवसरहरू प्राप्त हुनसक्छ।

मिन – तपाइको आज धार्मिक यात्राको, नयाँ कार्यको योजना बन्ने, नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने र प्रेममा मधुरता छाउने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप