Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज माघ ८ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | ८ माघ २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल माघ ८ गते, पुस शुक्ल द्वादशी तिथी सोमबार । सन २०२४ जनवारी २२ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज स्वास्थ्य प्रति सजगता अपनाउनु आवश्यक रहेको छ। धर्मकर्म तथा समाजसेवामा मन जानुका साथै भाग्यले विभिन्न अवसर दिनेछ

वृष  तपाइको आज विद्या र नयाँ ज्ञान सिक्ने मौका पाइनेछ। धैर्य एवं लगनशीलताले अवसरहरु प्राप्त होलान। प्रेम सम्बन्ध अझै कसिलो होला।

मिथुन - तपाईको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नुका साथै सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। साझेदारी काममा उल्झन आउन सक्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज राजनैतिक क्षेत्रमा सफलता पाइनेछ। रोकिएका काम पुनः सुरु हुनुका साथै महिला वा मित्रबाट विशेष सहयोग पाइएला।

सिंह तपाईको आज आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ। महत्त्वपूर्ण कामको योजना बन्ने र सामाजिक क्षेत्रबाट सफलता पाइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज साथीभाइहरूले पनि राम्रै सहयोग दिनेछन। नयाँ अवसरहरू आउनाले मन प्रसन्न हुनेछ। स्वादिष्ट भोजनको योग रहेको छ।

तुला - तपाइको आज खर्च बढ्ने तथा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिने र सहकर्मीबाट विरोध पनि आउन सक्ने योग छ।

वृश्चिक  तपाईको आज अध्ययन र अध्यापनको कार्य अघि बढ्नुका साथै पुरानो समस्या सुल्झाउन सकिएला। देश र सामाजिक हितमा मन जाने देखिन्छ।

धनु  तपाइको आज पुराना योजना बिस्तारै अघि बढ्नका साथै नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने तथा धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने समय छ।

मकर - मकर राशीका तपाइको आज व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ। ठीक समयमा सही निर्णय लिन सकिएला। राजनैतिक क्षेत्रमा सफलता पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्नेछ, तर वैदेशिक कार्य भने अघि बढ्नेछ। साथीभाइबाट आश्वासन प्राप्त भएपनि सहयोग भने नमिल्न सक्छ।

मिन – तपाइको आज व्यापार व्यवसायबाट धनलाभ नहुनसक्छ। अरुलाई प्रभावित पारेर काम चाँही बन्नेछ र न्यायिक कार्यमा सफलता पाइनेछ

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप