Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज माघ ७ गते आइतबारको राशीफल

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल माघ ७ गते, पुस शुक्ल एकादशी तिथी आइतबार । सन २०२४ जनवारी २१ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको आज विश्वासका पात्रले काममा साथ दिनेछन भने विद्या र बुद्धिको विकास होला। दाम्पत्य जीवन सुखमय रहनेछ र नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ।

वृष  तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। प्राविधिक काममा सफलता प्राप्त पाइएला। साहित्यिक क्षेत्रमा रुचि बढ्नुका साथै चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ।

मिथुन - तपाईको आज यात्रामा मालसामान हराउन सक्नेछ। सौन्दर्यतामा धन खर्च होला। नजिकका व्यक्तिबाट कार्यमा वाधा आउनसक्छ। गरेका काममा ढिलासुस्ती पनि हुनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महिला वा मित्रबाट विशेष सहयोग प्राप्त होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान भने शुभकार्यको चर्चा पनि हुनेछ।

सिंह तपाईको आज राज्यबाट मान सम्मान पाइएला। लक्ष्मी प्रसन्न हुने योग रहेको छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नुका साथै प्राविधिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज रमाइलो यात्राको योग छ। अधुरा कार्य पूरा गर्न सहयोग पाइनेछ। नयाँ कार्यको योजना बन्नुका साथै शत्रुमाथि विजय मिल्ने समय रेहेको छ।

तुला - तपाइको आज व्यापार व्यवसायमा पनि मन्दी आउनेछ। सानातिना समस्यामा अल्झनुपर्ला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

वृश्चिक  तपाईको आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुका साथै आफ्नो कार्य सम्पादनमा सहजता पाइएला।

धनु  तपाइको आज साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइनेछ। रमणीय र सुखद् यात्रा हुने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग छ।

मकर - मकर राशीका तपाइको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। रमाइलो यात्राको योगका साथै राजनैतिक कार्यमा सफलता मिल्ने योग छ बने प्रेममा मधुरता छाउनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज पुँजी बजारको लगानी कमजोर रहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। सौन्दर्यतामा धन खर्च होला। सरकारी निकायको भय रहनेछ।

मिन – तपाइको आज दिनको उत्तरार्ध बढि सुखद् रहला। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध होला। वित्तिय संस्थाबाट सहयोग पाइएला। व्यापार व्यवसायमा सफलता पाइनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

  • न्युज बहार संवाददाता

थप