Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २८ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २८ पुस २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल पुस २८ गते, पुस शुक्ल द्वितिया तिथी शनिबार । सन २०२४ जनवारी १३ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज आफन्तको सल्लाह, सहयोग र हौसला प्रप्त होला। शुभकार्यको चर्चा हुनेछ भने धार्मिक तथा समाज सेवामा मन जानेछ।

वृष – तपाइको आज समाजमा प्रभाव पार्न सकिएला। पारिवारिक जीवन सन्तोषप्रद रहला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान।

मिथुन - तपाईको आज स्वास्थ्य सम्बन्धी समस्याले साताउला भने विश्वास गरेकाहरूबाट धोका होला। प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक देखिएको छ। धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइनेछ।

सिंह – तपाईको आज शुभकार्यको चर्चा पनि हुनेछ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउला। मनमा शान्तिको अनुभूति होला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने मौका पाइएला। घरपरिवारसँग समय व्यतीत होला। लगनशीलताले कामहरू अगाडि बढ्लान।

तुला - तपाइको आज मालसामान हराउन सक्ने हुनाले होसियार रहनु होला। मन खिन्न हुने स्थिति आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्नेछ।

वृश्चिक – तपाईको आज दाम्पत्य जीवन सुखमय रहला। अतिथिको रूपमा सत्कार पाइनेछ। कृषि क्षेत्रबाट सफलता पाइएला। सुखद् मिलनको योग रहेको छ।

धनु – तपाइको आज साँझमा खर्च बढ्ने र आफूलाई कमजोर भएको महसूस होला, मनपर्ने खानेकुराका साथै प्रेमीको सहयोग पनि पाइएला।

मकर - मकर राशीका तपाइको आज प्रेमीको सहयोग प्राप्त होला। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्लान। प्राविधिक कार्यमा सफलता पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ।  नयाँ र शुभ कार्यको योजना बन्नसक्छ। दैनिक व्यवहारमा खर्च बढ्ने योग छ।

मिन – तपाइको आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा दिन भाग्यशाली भएर देखा पर्नेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिएलान।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप