Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस २० गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल पुस २० गते, पुस कृष्ण नवमी तिथी शुक्रबार । सन २०२४ जनवारी ५ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउनुका साथै शरीरमा ऊर्जा प्रदान गर्नेछ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ ।

वृष – तपाइको आज सजिलै अरूको मन जित्न सकिएला। भाग्यले साथ दिनुका साथै आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइएला।

मिथुन - तपाईले आज गर्नु भएको कडा परिश्रम व्यर्थै खेर जान सक्नेछ। सामाजिक र परोपकारका मार्गमा अवरोध आउन सक्छ। आहार विहारमा भने सजग रहनु होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्नुका साथै, लोकप्रियताको अवसर पनि प्राप्त होला। आजको दिन घरमै बसेर मनोरञ्जनपूर्ण समय बित्नेछ।

सिंह – तपाईको आज पारिवारिक भेटघाट होला। प्रविधि मार्फत दैनिकी सहज हुने र आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि पाइनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनुका साथै परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।

तुला - तपाइको आज परिवारभित्रका झिनामसिना काममा झन्झट र समय खर्चनु पर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ।

वृश्चिक – तपाईको आज गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता पाइनेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न होला।

धनु – तपाइको आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहला, सेयरबजारबाट राम्रै लाभ हुनेछ।

मकर - मकर राशीका तपाइको आज नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ला। वाणीमा कुशलता आउने दिन रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज गरेको कार्यबाट सफलता पाइएला। भाग्य बलमा कमी भएको आभास गर्नु होला। सामाजिक काममा व्यस्त हुने समय छ।

मिन – तपाइको आज रचनात्मक कार्यमा जुट्दा फाइदा होला, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक देखिएको छ। बोलीवचन र भाषण आदिमा प्रशंसा पाइनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन। 

  • न्युज बहार संवाददाता

थप