शुभ बिहानी, आज फागुन २६ गते चैत कृष्ण तृतिया तिथी शुक्रबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज नयाँ ज्ञान सिक्ने
मौका मिल्नेछ भने महिला वा मित्रबाट विशेष सहयोग पाईनुका साथै अध्ययन तथा
अध्यापनमा रुचि बढ्ने योग छ।
वृष – तपाईले आज ठीक
समयमा सही निर्णय लिन सक्नुहुनेछ। दाम्पत्य सुखले मन प्रसन्न र प्रफुल्लित हुनेछ।
बोलीको प्रभाव पनि बढ्ने योग छ।
मिथुन – आज तपाईंको सामान हराउन र नाक तथा घाँटीमा समस्या आउला सक्नेछ
सर्तक रहनुहोला। अभिभावकले दिएको आशीर्वादले काम गर्नसक्छ।
कर्कट - कर्कट राशी हुनेहरुका लागी आज शुभकार्यको चर्चा चल्नेछ। आँटेको र ताकेको कार्य
पुरा हुनेछ भने श्रमको उचित मूल्याङ्कन पनि हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु आवश्यक होला।
सिंह –तपाईको आज कुनै राम्रो
कुराले अनुहारमा चमक आउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा भने
सामान्य सफलता मिल्लनेछ।
कन्या – आज शुभकार्यको चर्चा चल्नेछ। राजनैतिक र सामाजिक
कार्यमा सफलता मिल्ला। दिनको उत्तरार्ध समय बढी सुखद् रहन सक्छ।
तुला –
तपाइको आज बाहिरी खानपानमा ख्याल गर्नुपर्ने हुन्छ। मन खिन्न
हुने स्थिति आउनसक्नेछ। नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनु आवश्यक छ।
वृश्चिक -
तपाईलाई आज साथीको सहयोग र हौसला मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर
पाईएला। महिला वर्गबाट विशेष सहयोग मिल्नसक्ने देखिन्छ।
धनु - तपाइको
आज प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।
आफ्नो काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफन्तसँग भेटघाट पनि हुने योग छ।
मकर - आज मकर राशीका तपाईहरु परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिएला।
कार्य सम्पादनमा सहजता हुनसक्छ। प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने देखिन्छ। सवारी साधन चलाउँदा वा
बाटो काट्दा विशेष होस दिनुहोला। नियमित खर्चसमेत बढ्ने देखिन्छ।
मिन - आज तपाईको सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।
नयाँ कमको थालनी पनि हुनसक्छ। धार्मिक कार्यमा मन पनि जानेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता