शुभ बिहानी, आज फागुन १६ गते फागुन शुलक नवमी तिथी मंगलबार। न्युज
बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका
छौं आजको राशिफल।
मेष- मेष राशि हुनेहरुको लागी आज स्वादिष्ट भोजनको अबसर मिल्नेछ। पार्टी तथा
सेमिनारमा सहभागी भइएला भने प्रयत्न गरे फाइदा लिन सकिनेछ र साथीभाइसँग समय बित्नेछ।
वृष – आज तपाइको
महत्त्वपूर्ण कामको
थालनी हुने। कुनै पनि कुराले मनमा शान्ति छाउन सक्छ तपाइको मन समाजसेवामा लाग्ला।
शिक्षा क्षेत्रमा सामान्य सफलता मिल्नेछ।
मिथुन – आज तपाइ स्वास्थ्यप्रति सजग रहन
आवश्यक देखिन्छ। आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्ला। र मनमा दुबिधा पनि उत्पन्न हुन सक्नेछ।
कर्कट – कर्कट राशीहुनेहरुको आज महिला वर्गबाट विशेष सहयोग
मिल्नेछ। धनार्जनका नयाँ नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने आफन्तसँग भेटघाट पनि हुनेछ।
सिंह – आज तपाइले स्वादिष्ट खानपिन खान पाउनुहोला। एकपछि अर्को अवसर आइरहनाले मन प्रसन्न हुनेछ र नयाँ व्यक्तिसँग भेटघाटको
अवसर मिल्नेछ।
कन्या – आज ठीक
समयमा सही निर्णय लिन सकिनेछ। भ्रमण क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कार्य पनि अघि बढ्नेछ। कृषि अन्तर्गतको कारोबारमा सफलता मिल्नेछ।
तुला – तपाइको आज मालसामान हराउन सक्छ।
सहकर्मीबाट पनि विरोध आउला र गलत निर्णय लिन पुगिएला। चोटपटकको
भय पनि भएकोले सचेत रहनुहोला।
वृश्चिक – आज तपाईलाई राजनैतिक कार्यमा सफलता मिल्ने योग छ। सांगीतिक
क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, भने वैदेशिक क्षेत्रको काम अधुरै रहला।
धनु – आज तपाइको नसोचेको ठाउँबाट धन आगमन हुनेछ। घर परिवार सँग समय
व्यतीत गर्न सकिएला। मनोरञ्जनपूर्वक दिन बित्नेछ भने बिनाप्रतिस्पर्धा फाइदा हुने
योग छ।
मकर – मकर राशीका तइपको आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा
समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजनको अबसर मिल्नेछ।
कुम्भ- आज कुम्भ राशी हुनेहरुको लागी प्रेममा मनमुटाव आउनेछ। आफ्नो विचार विपरित निर्णय हुनेछ भने गरेका काममा ढिलासुस्ती आइलाग्ला। साझेदारीको
काममा उल्झन आउन सक्छ।
मिन – आज तपाईको व्यवसायको सन्दर्भमा आदर्श
व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको
चर्चा चल्नेछ ।
राशिफलमा जे लेखिए
पनि
तपाईंको आज शुभ रहोस् शुभदिन ।
- न्युज बहार संवाददाता