शुभ बिहानी, आज २०८० साल असोज २५ गते, असोज कृष्ण त्रयोदशी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नयाँ काम सुरु गरिएला, आदर्श
ब्यक्तिको सहकार्यले नयाँ अनुभव दिनेछ। आँटेको र ताकेको कार्य पुरा हुने र शुभकार्यको
चर्चा हुने समय छ।
वृष – तपाइको आज सरकारी निकायको भय रहनेछ, जिद्दीपनाले गर्दा काम
बिग्रने डर रहेको छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ। सौन्दर्यतामा धन खर्च
पनि होला।
मिथुन – तपाईको आज ताकेको कार्य पनि पुरा हुनेछ, विपरित वर्गबाट
विशेष सहयोग पाइएला। जोशजाँगर र हिम्मत बढ्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग
रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज नजिकैका व्यक्तिबाट
साथ र सहयोग पनि पाइनाले सामाजिक र धार्मिक कार्यमा रुचि बढेर जानेछ। श्रमको उचित
मूल्याङ्कन होला।
सिंह – तपाईको आज
बन्धु बान्धवबाट सहयोग मिल्नाले नयाँ कामको थालनी होला। राजनैतिक कार्यमा सफलता
मिल्ने र जोशजाँगर, हिम्मत बढेर जाला।
कन्या - कन्या राशीका तपाईको आज ज्ञानमा वृद्धि पनि होला, आज लाभहानी, सुखदुःख बराबरी खालको समय रहेको छ। सद्विचारले
अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने देखिन्छ।
तुला – तपाइको आज नजिकको मित्रसँग भेटघाट होला कुनै समाचारले मनमा
शान्ति छाउला। नयाँ कार्यको योजना बन्ने र प्रेमीको सहयोग पनि पाइनेछ।
वृश्चिक – तपाईको आज वैदेशिक कार्य अघि बढ्ने र रोकिएका काम पुनः सुरु
हुनेछन। शुभकार्यको चर्चा चल्नुका साथै पुँजी बजारले साथ दिनेछ।
धनु – तपाइको आज प्रेम सम्बन्ध पनि कसिलो हुनेछ, शुभ समाचारले
मनमा शान्ति छाउला। गरेका कामबाट राम्रै लाभ होला। धर्मकर्ममा मन जानेछ।
मकर - मकर राशीका तपाइको आज मतिभ्रष्ट
हुनाले अनावश्यक ठाउँमा धन खर्च होला। निर्णय कार्यान्वयन हुन सक्दैन भने मनमा
दुबिधा उत्पन्न हुनेछ सचेत रहनु आवश्यक छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ,
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता पाइएला। छोटो दुरीको लाभदायक यात्रा होला।
मिन –
तपाइको आज आफन्तको
प्रगतिमा मन रमाउला, नयाँ कार्य वा रोजगारको अवसर पाइएला। नयाँ कामको थालनी पनि
हुनेछ भने मान प्रतिष्ठामा वृद्धि पनि होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता