Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक २३ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | २३ कार्तिक २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २३ गते, कार्तिक कृष्ण एकादशी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज राज्यबाट सहयोग मिल्न सक्छ, धार्मिक तथा समाजसेवामा मन जानेछ। न्यायिक कार्यमा सफलता पाइएला। शुभकार्यको चर्चा हुनेछ।

वृष – तपाइको आज स्वास्थ्य प्रति सजग रहनु होला, शुभ कार्यको चर्चा हुनसक्छ। आफन्तबाट साथ र सहयोग पाइएला। भ्रमणको योजनाहरू बन्न सक्छन।

मिथुन - तपाईको आज कामको गति सुस्त हुनेछ, अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसक्ने स्थिति आउला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज सफल यात्रा होला, सामाजिक क्षेत्रमा सफलता पाइएला। वैदेशिक कार्य अघि बढ्ने र कार्य सम्पादनमा सहजता मिल्नेछ।

सिंह – तपाईको आज आत्मिक सन्तुष्टि पनि मिल्ला, लगनशीलताले कामहरू अगाडि बढ्नेछन् भने वित्तिय संस्थाबाट सहयोग र प्रेमीको पनि सहयोग पाइएला।

कन्या - कन्या राशीका तपाईको आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । ।

तुला - तपाइको आज साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग रहेको छ भने पढाइमा बाधा आउला। यात्रामा सावधानी अपनाउनु होला, तर जग्गाजमिनको कारोबार र वैदेशिक कार्यबाट राम्रो प्रतिफल मिल्ला।

वृश्चिक – तपाईको आज दैनिक कार्यमा प्रगति होला, प्रेमीको सहयोग पाइएला। अतिथिको रूपमा सत्कार पाइने र वैदेशिक क्षेत्रबाट सफलता मिल्ने समय छ।

धनु – तपाइको आज राज्यबाट मान सम्मान पाइएला, शुभकार्यको चर्चा हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाइने र आँटेको तथा ताकेको कार्य पुरा हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज स्वादिष्ट भोजन पाइनेछ, शुभकार्यको चर्चा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने र परिवारमा सुख सन्तोष छाउने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज अधुरो वैदेशिक क्षेत्रको कार्यहरू अघि बढ्लान, राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्ला।

मिन – तपाइको आज पारिवारिक सद्भाव बढ्ने र मनोरञ्जनमा सहभागी भइएला। बन्धु बान्धवबाट सहयोग मिल्न सक्छ। जोशजाँगर र हिम्मत बढेर जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप