Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १८ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल साउन १८ गते, साउन कृष्ण  द्वितिया तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज न्यायिक कार्यमा सफलता पाइएला। आँटेको र ताकेको कार्य पुरा हुनेछ। आफन्तको प्रगतिमा मन रमाउला। वस्त्र एवं अलंकार प्राप्ति होला।

वृष - तपाईलाई आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नसक्छन। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त होला। सफल यात्रा पनि हुनसक्छ।

मिथुन - तपाईको आज श्रमदान गर्ने अवसर पाइएला। कुनै कुराले मनमा शान्ति छाउला। शुभकार्यको चर्चा होला। प्रेममा सफलता पनि प्राप्त हुनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज स्वास्थ्यमा समस्या आउला। यात्रामा पनि झन्झट आइलाग्नसक्छ। बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउला।

सिंह – तपाईको आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछन। प्रेमीको सहयोग प्राप्त होला। परिवारमा सुख सन्तोष छउला। शुभकार्यको चर्चा पनि होला।

कन्या - कन्या राशीका तपाईको आज रमणीय र सुखद् यात्रा हुने, मनमा हर्ष, उमङ्ग र उत्साह रहने, अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने योग छ।

तुला - तपाइको आज घरमा अतिथिको आगमन र बोलीको भरमा कार्य सम्पादन होला। आफन्तको प्रगतिमा मन रमाउनला। शैक्षिक क्षेत्रमा सफलता मिल्न सक्छ।

वृश्चिक – तपाईको आज मनमा दुबिधा उत्पन्न होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, तर अरूको मुख नहेरी आफै सही निर्णय लिन सके अवसरहरू प्राप्त हुनेछन।

धनु – तपाइको आजको दिनमा विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने, सवारी साधनको खरिद बिक्री हुने, मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइने योग छ।

मकर - मकर राशीका तपाइको आज चलाखीपूर्ण बोलीले अरूलाई प्रभावित पारेर काम बन्ने, आयआर्जनका क्षेत्रमा सुधार आउने साथै पुनर्मिलनको योग पनि छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। कला र गलाको प्रभाव बढ्ला। मनमा प्रसन्नता र उत्साह छाउन सक्छ। वैदेशिक कार्य पनि अघि बढ्ने छ।

मिन – तपाइको आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नसक्छ। सौन्दर्यतामा धन खर्च होला, तर सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप