Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ ७ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल जेठ ७  गते, जेठ शुक्ल द्वितिया तिथी आइतबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कुनै कुराले मन प्रसन्न हुने र मनमा खुसियाली छाउनुका साथै जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने योग छ।

वृष - तपाईको आज आकस्मिक धनलाभ हुने र काम देखाएर अरूको मन लोभ्याउन सकिने समय छ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ।

मिथुन - तपाईले आज गरेको काममा ढिलासुस्ती हुने हुनाले विचार गरेर निर्णय लिनु उचित हुनेछ। दबाब र तनाव बढेको महसुस होला भने पारिवारिक समस्या आइपर्न सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज नयाँ र शुभकार्यको चर्चा हुनेछ। अकस्मात् धन सम्पत्ति हात पर्ने सक्छ। धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

सिंह – तपाईको आज पारिवारिक सद्भाव बढ्ने, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने र साहित्यिक क्षेत्रमा रूचि बढ्नुका साथै सहयोगी हातहरू अघि बढ्ने योग छ।

कन्या - कन्या राशीका तपाइँको आज शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग मिल्ला भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र घरमा अतिथिको आगमन हुने समय छ।

तुला - आज तपाइको जिद्दीपनाले गर्दा काम बिग्रने डर हुनेछ। शेयर बजार या ठूलो लगानी गर्नु जोखिमपूर्ण होला। बोलीको विपरीत अर्थ पनि लाग्न सम्भावना छ।

वृश्चिक – तपाईको आज एउटै कामबाट दोहोरो लाभ मिल्ने र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ। आत्मिक सन्तुष्टि मिल्न सक्छ।

धनु – तपाइले आज शुभकार्यको चर्चा हुनेछ। साहित्य तथा सङ्गीतको क्षेत्रमा रुचि बढ्ने र दाम्पत्य जीवन सुखमय हुने योग छ। बोलीको प्रभावले अरुको मन जित्न सकिएला।

मकर - मकर राशीका तपाईको आज जोशजाँगर र हिम्मत बढ्नुका साथै दैनिक कार्यहरूमा प्रगति होला, रमणीय र सुखद् यात्राको योग रहेकोछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज समय मध्यम खालको रहेको छ। स्वास्थ्यमा खासै खराबी आउनेछैन। आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुन सक्छ।

मिन - तपाईको आज इच्छा र आकाङ्क्षा पूर्ण होला, ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप