Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १७ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल भदौ १७ गते, भदौ कृष्ण चतुर्थी तिथी आइतबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शरीर भारी र मन अस्थिर रहन सक्छ। लेनदेनमा सजगता अपनाउनु होला। दिनको उत्तरार्धमा अधिक धन खर्च होला।

वृष – तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शुभ समाचार सुन्न पाइनेछ। दाम्पत्य जीवन सुखमय रहला। मान प्रतिष्ठामा वृद्धि होला।

मिथुन - तपाई आज शैक्षिक क्षेत्रबाट सफलता पाइनेछ। भाग्यले विभिन्न अवसर जुराउला। घरमा अतिथिको सेवा हुनसक्छ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कार्यमा सफलता मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता हुनेछ। शुभकार्यको चर्चा पनि चल्न सक्छ।

सिंह – तपाईको आज आफूलाई कमजोर भएको अनुभूति होला। अरूको वचन टाल्न नसक्दा दुःख पाइने र खर्च पनि हुनेछ संयम रहनु जरुरी हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज धर्मकर्म तथा समाज सेवामा मन जानेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाइएला। मिष्ठान्न भोजन पनि प्राप्ति हुनसक्छ।

तुला - तपाइको आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्ला। लगनशीलताले कामहरू अगाडि बढ्लान। विश्वास गरेकाले साथ र लाभ पनि दिने देखिन्छ।

वृश्चिक – तपाईको आज श्रमको उचित मूल्याङ्कन होला। पठनपाठनमा प्रगति होला। मुद्दा मामिलामा विजय प्राप्ती होला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ।

धनु – तपाइको आज यात्रामा बिघ्नबाधा आइलाग्न सक्ला। खानामा गडबडी होला। आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ।

मकर - मकर राशीका तपाइको आज दाम र प्रतिष्ठा कमाउने, परिवारमा सुख सन्तोष छाउने, चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुने र शुभ कार्यमा मन पनि जाने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ सवारी साधन प्राप्तिको, आँटेको र ताकेको कार्य पुरा हुने, प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ।

मिन – तपाइको आजबाट नयाँ कार्यको थालनी हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। धार्मिक तथा समाजसेवामा पनि मन लाग्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप