Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर २ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २ मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर २ गते, कार्तिक शुक्ल पञ्चमी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज राजनैतिक कार्यमा सफलता मिल्ने  र पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पाइएला।

वृष  तपाइको आज अरुले आलोचना गर्ने छन, स्वास्थ्य भरपर्दो नरहला। मान तथा सम्मानमा दाग लाग्न सक्ने हुनाले काम गर्दा ध्यान लिनुहोला।

मिथुन - तपाईको आज विश्वास गरेकाले साथ र सहयोग दिनेछन र शुभकार्यको चर्चा हुनेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुने र प्रेमीको सहयोग पाइएला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेम जीवन सुखमय होला, एउटै कामबाट दोहोरो लाभ मिल्ला। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने र सांगीतिक क्षेत्रमा रुचि बढेर जानेछ।

सिंह तपाईको आज बन्धुबान्धवबाट सहयोग पाइएला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र अधुरो काम पूरा हुने तथा पुनर्मिलनको योग रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज साथीको साथ पाइएला, सरकारी निकायको भय रहला। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्नेछ।

तुला - तपाइको आज इच्छा र आकाङ्क्षा पूर्ण होलान, जोशजाँगर र हिम्मत बढेर जानेछ। धर्मकर्म तथा समाजसेवामा मन जाने तथा सन्तान सुख मिल्न सक्छ।

वृश्चिक  तपाईको आज शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै रमाइलो यात्रा पनि होला, समाजसेवामा मन जाने र आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्न सक्छ।

धनु  तपाइको आज सामाजिक र धार्मिक यात्रा हुने, बिनाप्रतिस्पर्धा फाइदा, पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइने योग पनि छ।

मकर - मकर राशीका तपाइको आज वैदेशिक क्षेत्र कमजोर रहनेछ, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र स्वास्थ्यमा समस्या आउने तथा प्रेममा बाधाका साथै मन कमजोर रहनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज साँझमा धन खर्च होला, कार्यमा सफलता पाइने र कुनै कुराले मनमा शान्ति छाउनेछ। कूटनीतिक नियोगको सहयोग मिल्न सक्छ।

मिन – तपाइको आज शेयर बजारबाट पनि राम्रै सफलता पाइएला, शुभकार्यको चर्चा हुनेछ। परोपकारमा रुचि बढ्ने तथा बन्धु बान्धवबाट सहयोग पनि पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप