शुभ बिहानी, आज २०८० साल बैशाख १६ गते बैशाख शुक्ल नवमी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज मालसामान हराउने र
सहकर्मीबाट विरोध आउने समय छ। चोटपटकको भयका साथै साँझमा भने नयाँ कार्यको योजना
बन्ने योग छ।
वृष - तपाईलाई आज शुभ
चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने सम्भावना छ। पुरानो समस्या सुल्झाउन सकिएला।
व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि रहेको छ।
मिथुन - तपाईको आज कीर्तिमानी
काम गर्ने समय रहेको छ। कार्यमा सफलता मिल्ने र बन्धु बान्धवबाट सहयोग मिल्ने तर शेयर बजारबाट नोक्सानी हुने समय छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने योग रहेको छ। मनोरञ्जनमा सहभागी हुनुहोला।
नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि रहेको छ।
सिंह – तपाईले आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। यात्रामा मालसामान
हराउने र मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्ने सम्भावना छ।
कन्या - कन्या राशीका
तपाइलाई आज साझेदारी,
वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ होला।
मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ। घरमा अतिथिको आगमन हुनसक्छ।
तुला - आज तपाइको टाढाका
नातागोता वा परिवारजनसँग भेटघाट हुने र शुभकार्यको चर्चा चल्ने समय छ। ताकेको
कार्य पुरा हुनुका साथै दैनिक कार्यमा प्रगति होला।
वृश्चिक - तपाईको आज धार्मिक
यात्राको योग रहेकोछ। नयाँ कार्यको योजना बन्ने र नजिकको व्यक्तिबाट आँटेको काम
सफल हुनेछ। प्रेममा मधुरता आउला।
धनु - तपाइको
आज अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा
समस्या आउने समय छ। स्वादिष्ट भोजनका लागी खर्च बढी होला, तर आत्मबल बढाएर काम गरेमा सफल हुन सकिएला।
मकर - मकर राशीका तपाईको आज बौद्धिक काममा
सफलता मिल्ने र कला र गलाको प्रभाव बढ्ने योग छ। कुनै कुराले आत्मिक सन्तुष्टि
मिल्नेछ,
भने स्वास्थ्य प्रति सजग रहनु पर्नेछ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज रोकिएको कामको गाँठो फुक्ला र विद्याको क्षेत्र सबल होला। मन्दिरको
दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्ने योग छ।
मिन - तपाईको
आज ज्ञान
सिक्ने मौका मिल्नेछ भने वैदेशिक कार्य अघि बढ्ने समय छ। काम गर्ने जोशजाँगर र
उमंग बढेर जाला, चिताएको काम तीव्र रुमा अगी बढ्नेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता