Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १५ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल असोज १५ गते, असोज कृष्ण तृतिया तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज शुभारम्भको चर्चा हुनेछ भने आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलान। प्रेम जीवन सफल र सुखद् रहला। इच्छा र आकाङ्क्षा पूर्ण होलान।

वृष – तपाइ आज जिद्दीपनाले गर्दा काम बिग्रने सक्छ, विपक्षीको छलकपट तथा जालझेलबाट सावधान हुनुहोला। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला।

मिथुन - तपाईको आज स्वास्थ्य प्रति सजग रहनु होला। घरमा अतिथिको आगमन हुनसक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने र कुटुम्बको सहयोग मिल्ने वेला छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्ला ठीक समयमा सही निर्णय लिन सकिएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

सिंह – तपाईको आज लाभदायक यात्रा होला, न्यायिक कार्यमा सफलता पाइएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र साथीभाइले पनि राम्रै सहयोग जुटाउने समय छ।

कन्या - कन्या राशीका तपाईको आज साँझको समयमा केही पैसा हातपार्न सक्छ नत्र लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ, तर आत्मबल बढाएर काम गरेमा सफल भइनेछ।

तुला - तपाइलाई आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ला सामाजिक कार्यमा मन जाने र कूटनीतिक नियोगको सहयोग मिल्ने तथा अतिथिको रूपमा सत्कार पाइने समय छ।

वृश्चिक – तपाईको आज व्यापार व्यवसायमा सफलता पाइएला सामाजिक तथा धार्मिक कार्यमा रुचि बढेर जानेछ। दैनिक कार्यमा प्रगति र सफलता होला।

धनु – तपाइको आज वित्तीय संस्थाबाट सहयोग पाइने र दाम, इनाम र प्रतिष्ठा कमाउने त्यसैगरी स्वादिष्ट भोजन पाइने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने समय छ।

मकर - मकर राशीका तपाइको आज प्रेममा विवाद पनि आउनाले मनमा दुबिधा उत्पन्न होला। मनमा निराशा र शरीरमा आलस्य छा। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज भोज भतेरमा सहभागी भइने, कुनै कुराले मनमा शान्ति छाउने, प्रेम जीवन सुखमय हुने र लगनशीलताले कामहरू अगाडि बढ्ने योग छ।

मिन – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। छोटो दुरीको लाभदायक यात्रा होला। कुनै कुराले मनमा शान्ति छाउन सक्छ। विशिष्ट व्यक्तिको साथ पाइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप