Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक २० गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल कार्तिक २० गते, कार्तिक कृष्ण नवमी तिथी सोमबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ, मनमा दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउला।

वृष  तपाइको आज पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा पनि  रुचि बढ्ने देखिन्छ, आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ। शेयर बजारको क्षेत्रमा प्रगति होला।

मिथुन - तपाईको आज व्यक्तिगत खुसीका लागि किनमेल र धन खर्च पनि बढ्न सक्नेछ, चिन्ता हटेर मन हलुका होला भने आकस्मिक उपहार प्राप्त हुनसक्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ला, शुभकार्यको चर्चा होला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ।

सिंह तपाईको आज सन्तान पक्षको मायामा कमी आउनसक्छ, दबाब र तनाव बढेको महसुस होला। महत्त्वपूर्ण अवसर गुम्न सक्ला। यात्रामा सावधानी अपनाउनु होला।

कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्राको सम्भावना रहेको छ, एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। नोकरी गर्नेले मानसम्मान पाउने देखिन्छ।

तुला - तपाइको आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला, बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछन।

वृश्चिक  तपाईको आज रमाइलो र अविष्मरणीय यात्राको सम्भावना रहेको छ त्यसबाट दीर्घकालिक फाइदा पनि हुनसक्छ, लामो समयदेखि रोकिएका र अपूर्ण कामहरू पूरा होलान।

धनु  तपाइको आज हरेक कार्यमा सतर्क हुनुपर्नेछ, आज खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएकोले सचेत रहनुहोला छ।

मकर - मकर राशीका तपाइको आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पाइएला, चिताएको कामले तीव्रता लिने र परिश्रमअनुसार उपलब्धि पनि राम्रै हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ, रोकिएका काम पुनः सुरु हुनेछन, पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित होला।

मिन – तपाइको आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला, परिवारजनको साथले नयाँ आशा दिनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप