Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज मंसिर १ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १ मंसिर २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल मंसिर १ गते, कार्तिक शुक्ल चतुर्थि तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज व्यवसायका लागि यात्राको सम्भावना रहेको छ, दाम्पत्य सुखले प्रफुल्लित भइएला। अधुरो काम पूरा हुने र वैदेशिक कार्य अघि बढ्ने समय छ।

वृष – तपाइको आज यात्रा फलदायी होला, अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने र महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

मिथुन - तपाईको आज बौद्धिक काममा सफलता मिल्ला, कुनै समाचारले मनमा शान्ति छाउने र काम देखाएर अरूको मन लोभ्याउन सकिने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विपरीत वर्गबाट विशेष सहयोग मिल्ने तथा शुभकार्यको चर्चा हुनेछ। नयाँ सवारी साधन प्राप्तिको र राजनैतिक कार्यमा सफलता मिललललल्ने योग छ।

सिंह – तपाईको आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ होला, नयाँ कमको थालनी हुने तथा धार्मिक यात्राको योग रहेको छ। अचल सम्पत्ति पनि हात पर्नसक्छ।

कन्या - कन्या राशीका तपाईको आज नयाँ कमको योजना बन्ला, महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा मन कमजोर हुने र मनमा गलत विचारमा पनि आउन सक्ने हुना सचेत रहनुहोला।

तुला - तपाइको आज शेयर बजारले पनि साथ दिन सक्छ, आम्दानी प्रशस्तै बढ्ने तथा प्रेम र दाम्पत्य जीवन सुखमय होला। आर्थिक क्षेत्रमा पनि राम्रो सफलता पाइएला।

वृश्चिक – तपाईको आज लत्ता कपडामा बढी धन खर्च होला, न्यायिक कार्यमा सफलता मिल्नुका साथै धार्मिक तथा समाज सेवामा मन जानेछ।

धनु – तपाइको आज दिनको उत्तरार्ध सुखद् रहला, प्रेम र मित्रताको बन्धन कसिने तथा नयाँ कार्यको योजना बन्नुका साथै कार्य सम्पादनमा सहजता मिल्ने बेला रहेको छ।

मकर - मकर राशीका तपाइको आज यात्रामा सावधानी अपनाउनु होला। आतिथ्यपूर्ण सम्मान पाइने तथा वैदेशिक कार्य अघि बढ्ने र  तर्क, विवाद तथा प्रतिस्पर्धाबाट लाभ भने हुने छैन।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ, आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिएला। बोलीको प्रभाव पनि बढेर जानेछ।

मिन – तपाइको आज प्रेम सम्बन्ध पनि कसिलो हुनेछ, महिला वा मित्रबाट विशेष सहयोग पाइएला। नयाँ ज्ञान सिक्ने मौका मिल्ने र  धार्मिक कार्य सफल हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप