Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ १२ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १२ जेष्ठ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल जेठ १२  गते, जेठ शुक्ल सप्तमी तिथी शुक्रबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाइएला।

वृष - तपाईको आज घरमा नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ।

मिथुन - तपाईको आज वाणीमा कुशलता आउने दिन रहेको छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने र हर्ष, प्रसन्नता छाउने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आज भाग्यले साथ दिने र आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्नुका साथै शेयर बजारको लगानीले राम्रै फाइदा दिनेछ।

सिंह – तपाईले आज इज्जत प्रतिष्ठामा दाग लाग्ने छ, ख्याल गर्नुहोला। प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्ने र धार्मिक, सामाजिक काममा सरिक हुने समय छ।

कन्या - कन्या राशीका तपाइँको आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय रहेको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्ने र परोपकारी कार्यमा संलग्न भइने योग छ।

तुला - आज तपाइलाई भने कसै कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउने तथा समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।

वृश्चिक – तपाईको आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुने र दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनुका साथै रोकिएका काम पुनः सुरु हुने योग छ।

धनु – तपाइको आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ। झिनामसिना काममा धेरै समय खर्चनु पर्ने र शेयर बजारको लगानीमा पनि कमी आउनसक्नेछ।

मकर - मकर राशीका तपाईको आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुने, आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण व्यतीत हुने समय छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज मनमा शान्ति छाउला। धार्मिक तथा समाजसेवामा मन लाग्ला र नजिकको मित्रसँग भेटघाट हुनुका साथै वित्तिय संस्थाबाट सहयोग पाइएला।

मिन - तपाईको आजको बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने तथा परोपकारी कार्यमा संलग्न भइनुका साथै रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप