Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ८ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल भदौ ८ गते, साउन शुक्ल नवमी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज योजना कार्यान्वयनमा ढिलाइ हुनाले आफैं पछि परिने सम्भावन छ। राजनैतिक कार्यमा बाधा आउने र सम्पत्ति हराउने तथा साँझमा खर्च बढ्ने समय छ।

वृष – तपाइको आज विभिन्न अवसरले पछ्याउला। नजिकको मित्रसँग भेटघाट होला। पठनपाठनमा प्रगति होला, तर दिनको उत्तरार्धमा बढी धन खर्च होला।

मिथुन - तपाईको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान। नयाँ कार्यको थालनी होला। कूटनीतिक नियोगको सहयोग पाइएला भने सफल यात्राको योग छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिएला। मनोरञ्जनमा सहभागिता भइ प्रशस्त धन आर्जन गर्ने अवसर पाइएला।

सिंह – तपाईको आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च होला। महत्त्वपूर्ण अवसर गुम्ने र जनताको गतिलो समर्थन पनि मिल्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। विशिष्ट व्यक्तिको सहयोग पाइएला। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पर्ला।

तुला - तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनसक्छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्ला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका पाइनेछ।

वृश्चिक – तपाईको आज चुनौती चिर्दै काम बनाउन सकिएला। आतिथ्यपूर्ण सम्मान पाइने र अरुलाई प्रभावित पारेर काम बन्ने तथा व्यापार व्यवसायमा लाभ मिल्ने समय छ।

धनु – तपाइको आजको प्रयत्न निष्फल जस्तै हुनेछ। अनावश्यक झमेलामा आउनाले चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा भने लिन सकिएला।

मकर - मकर राशीका तपाइको आज शत्रुहरू किनारा लाग्ने तथा चिताएको कामले तीव्रता हासील गर्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नुका साथै जोशजाँगर र हिम्मत पनि बढ्ला।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। नयाँ कार्यको थालनी होला। राजनैतिक कार्यमा सफलता पाइएला। आम्दानी पनि प्रशस्तै बढ्नेछ।

मिन – तपाइको आज मेहनतीहरूका लागि दिन फलदायी रहला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला। मुद्दामामिलामा विजयी भइएला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप