Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ३ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ३ गते, असोज शुक्ल षष्ठी तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज महिला वर्गबाट सहयोग र मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

वृष – तपाइको आज साँझमा कार्य सम्पादनमा सहजता मिल्ला, जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेकोले मन खिन्न हुने स्थिति आउन सक्छ र लगानीमा पनि गिरावट आउला।

मिथुन - तपाईको आज छोटो यात्रा हुनेछ भने रोकिएको अधुरो कार्यले पूर्णता पाउला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र प्रेमीको सहयोग प्राप्त हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभ समाचार सुन्न पाइनेछ, श्रमको उचित मूल्याङ्कन होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ, कला र गलाको प्रभाव बढेर जाला।

सिंह – तपाईको आज कलकारखाना र बन्दव्यापारमा राम्रै हुने देखिन्छ, आत्मविश्वास र पराक्रममा वृद्धि होला। आँटेको र ताकेको कार्य पुरा हुनेछन।

कन्या - कन्या राशीका तपाईको आज शेयर बजारमा उतारचढाव आउन सक्ने हुनाले मन सम्हाल्न आवश्यक देखिन्छ। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला सचेत रहनु होला।

तुला - तपाइलाई आज घर परिवार र आफन्तबीचको सम्बन्धमा सुधार हुने तथा परिवारका सदस्यहरू सकारात्मक हुनेछन। माया प्रेममा सामीप्यता बढेर जानेछ।

वृश्चिक – तपाईको आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइ इनाम, प्रतिष्ठा कमाउने तथा परिवारमा सुख सन्तोष छाउने र अधुरो काम बन्ने योग छ।

धनु – तपाइको आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण होला, उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना रहेको छ।

मकर - मकर राशीका तपाइको आज रमाइलो यात्राको सम्भावना छ भने समय मध्यम खालको रहला। अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्ने छ त्यसैले संयमता अपनाउनु जरुरी हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज पठनपाठनमा प्रगति हुने, अरुलाई प्रभावित पारेर काम बन्ने तथा चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने र आयआर्जनका क्षेत्रमा सुधार आउने समय छ।।

मिन – तपाइको आज लामो यात्रा सुखद् र सफल होला, सामाजिक प्रसिद्धि पनि प्राप्त हुनेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न रहला। सवारी साधनको खरिद हुने योग रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप