Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज साउन १९ गते शुक्रबारको राशीफल।

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल साउन १९ गते, साउन कृष्ण तृतिया तिथी शुक्रबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला। सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ।

वृष - तपाईलाई आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न होलान। वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेहरुका लागि सन्तोषजनक नै हुनेछ।

मिथुन - तपाईको आज छोटो दुरीको लाभदायक यात्रा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज भनेको कुराको विपरीत अर्थ लाग्नाले स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्ला। ठूलाबडाको आशीर्वादले भने काम सम्पन्न होला।

सिंह – तपाईको आज रोकिएका काम पुनः सुरु हुनेछन। सामाजिक क्षेत्रमा सफलता मिल्ला। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्ला भने कतिपय राम्रा अवसरहरू प्राप्त होलान।

कन्या - कन्या राशीका तपाईको आजको दिन मन प्रसन्न रहनाले महत्त्वाकाङ्क्षा बढ्ला। समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढेर जाला। नयाँ कार्यको थालनी समेत होला।

तुला - तपाइको आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नसक्छ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिनेछ। नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति होला।

वृश्चिक – तपाईको आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्नेछ। परिवारका लागि धेरै समय दिन पाइने छैन भने बजार घुम्ने अवसर भने पानसक्छ।

धनु – तपाइको आजको रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। मिहिनेत गर्दा अधिक प्रगति हुन सक्छ। आकस्मिक धन लाभ पनि होला। तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्ला।

मकर - मकर राशीका तपाइको आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको, आर्थिक कारोबारमा सफलता पाइने, केही नयाँ कुरा खरिदमा भने खर्च बढ्ने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आजको दिन भाग्यशाली भएर देखा पर्ला। कूटनीतिक नियोगको सहयोग पाइएला। सामाजिक कामबाट प्रशंसा प्राप्त होला। केही नयाँ कुरा खरीद गर्न पनि सकिएला।

मिन – तपाइको आज मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउने हुनाले, सचेत रहनु होला, वैदेशिक काम भने ठीकै होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप