असोज ८, काठमाडौँ । २०७९ को पद्मश्री
पुरस्कार र सम्मान खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले घोषणा गरेको छ ।
प्रतिष्ठानले
समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य प्रदान
गर्ने निर्णय गरिएको जनाएको छ ।
खेमलाल
हरिकला समाज कल्याण प्रतिष्ठानले प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र
दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको जानकारी दिएको छ ।
त्यस्तै कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रतिष्ठानले प्रदान गर्दै आएको प्रद्मश्री साधना सम्मान प्रदान गरिने भएको छ ।
साथै, काठमाडौँ विश्वविद्यालयका
संस्थापक उपकुलपति सुरेशराज शर्मालाई गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री
गौरव पुस्कार प्रदान गरिने भएको छ ।
- न्युज बहार संवाददाता