असोज १०, काठमाडौँ । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगीताको आज बिहान भएको खेलमा मंगोलियालाइ २७३ रनको कीर्तिमानी अन्तरसहित हराउँदै सानदार जित हात पार्न सफल भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको थियो । ३१५ रनको लक्ष्य पछ्याएको मंगोलियालाई नेपालले १३.१ ओभरमा ४१ रनमा नै अलआउट गरी जित आफ्नो बनाएको हो ।
यो जित सँगै नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा नयाँ रेकर्ड बनाउन सफल भएको छ । के के हुन त नयाँ रेकर्ड ?
१. कीर्तिमानी स्कोर २. सर्वाधिक छक्का ३. सर्वाधिक रन रेट ४. ठूलो अन्तरको जित ५. कीर्तिमानी शतक ६. हाइएस्ट स्ट्राइक रेट र ७. कम बलमा अर्धशतक यी सबैमा नेपालले आज नयाँ रेकर्ड बनाएको छ ।
- न्युज बहार संवाददाता