Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वाफ महिला फुटबल च्याम्पियनसिप : आज फाइनलमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दै

  •   ३ वर्ष अघि | १७ फाल्गुन २०८०, बिहिबार

फागुन १७, काठमाडौँ । बिहीबार नेपालले पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।

यस प्रतियोगिताको फाइनल खेल साउदी अरेबियाको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

आज हुने फाइनल खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अनुपस्थित रहने जनाइएको छ । सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

 

  • न्युज बहार संवाददाता

थप