Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यू-१९ एसिया कप छनोट : नेपाल फाइनलमा प्रवेश

  •   ३ वर्ष अघि | ४ कार्तिक २०८०, शनिबार

कार्तिक ४, काठमाडौँ । यू-१९ एसिया कप छनोटमा नेपालले लगातार जित हासिल गरेको छ ।  आज भएको खेलमा नेपालले जापानमाथि १४४ रनको शानदार जित हात पारेको छ ।

यो जितसँगै नेपालले यू-१९ एसिया कपमा आफ्नो स्थान बनाएको छ । नेपालले अब दुई महिनापछि हुने एसिया कपमा यूएईसँगै भारत र पाकिस्तानसँग पनि खेल्नेछ ।

मलेसियाको बायोमास ओभलमा आज नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । पहिले ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

लगातारको परेको पानि नरोकिएपछी खेल २५ ओभरमा छोट्याइएको छ र जपानले डकवर्थ लुइस (डीएल) मेथडका आधारमा २५ ओभरमा १८७ रनको लक्ष्य पाएको थियो ।

नेपालले डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानलाई १४४ रनले पराजित गरेको हो ।

नेपालका लागि दिपेश कँडेल र हेमन्त धामीले तीन/तीन विकेट लिन सफल भए भने आकाश चन्दले एक विकेट र सुवास भण्डारीले २ लिए ।

  • न्युज बहार संवाददाता

थप