कार्तिक ४, काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेल आज काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । आजको तेस्रो खेलमामा हङकङविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। त्रिकोणात्मक सिरिजमा नेपालले यसअघिका दुई खेल जितेको छ भने आजको खेल जितेको अवस्थामा नेपाल फाइनलमा प्रवेश गर्ने छ ।
नेपालका लागी बलर प्रतिश जिसीले आजको खेलमा डेब्यु गर्दै छन् ।
- न्युज बहार संवाददाता