असोज ६, काठमाडौँ । भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । सन् २०२३ को विश्वकप खेल्न बाँकी छदै टिम नम्बर १ बनेको हो। अस्ट्रेलियालाई ५ विकेटले मोहालीमा भएको एकदिवसीय क्रिकेटमा पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गर्न सफल भएको हो ।
भारतीय टोलीले योसँगै नयाँ इतिहास पनि रचेको छ । भारतीय टोलीले क्रिकेटका तीनवटै टेस्ट, ओडीआई र टी–२० फर्म्याटमा एकैसाथ नम्बर १ को वरियतामा कब्जा गर्न सफल भएको छ ।
भारतिय क्रिकेट टिम तीनवटै फर्म्याटमा नम्बर १ टिम बन्न सफल भएको यो पहिलो पटक हो ।
- न्युज बहार संवाददाता