असोज ७, काठमाडौँ । आज पनि क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दामा सुनुवाइ नहुने भएको छ।
न्यायाधीश अभावका कारण काठमाडौँ जिल्ला अदालतमा आज हुने भनिएको मुद्दा पेशी नचढी स्थगित भएको हो। न्यायाधीश अभावका कारण उक्त मुद्दा यसअघि असोज १ गते पनि पेशी नचढी नै स्थगित भएको थियो।
अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँट मात्रै इजलास बस्ने र न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले बताएका छन ।
उनले यसरी उपस्थित न्यायाधीशहरूमा गोला प्रथाबाट इजलास तोकिँदा सन्दीप विरूद्धको मुद्दा आज उपस्थित न्यायाधीशहरू कसैकोमा पनि नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको जनाएका छन ।
- न्युज बहार संवाददाता