कार्तिक
१३, काठमाडौँ । नेपालका दुईवटा रंगशालामा एसियाली क्षेत्रका आठवटा राष्ट्र
सोमबारदेखि सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा
स्थान पक्का गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।
सोमबार यस
छनोट प्रतियोगिताको पहिलो दिन चारवटा खेल हुँदैछन । प्रतियोगिताको पहिलो खेल कीर्तिपुरको
त्रिवि क्रिकेट मैदानमा नेपाल र सिंगापुरबिच हुदैँछ ।
यस खेल
नेपाली समयअनुसार, सोमबार बिहान ९ बजे सुरु हुनेछ ।
हङ्कङ र
यूएईका टोली भने प्रतियोगितामा सहभागी हुन करिब दुई साताअघि नै नेपाल आइसकेका छन ।
यूएई, नेपाल र
हङकङबिच टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि त्रिकोणात्मक शृंखला
खेलिएको थियो ।
त्यो
शृंखलाको उपाधि यूएईले जितेको थियो । उपाधि भिडन्तमा अपराजित रहँदै फाइनलसम्म
पुगेको नेपाललाई यूएईले हराएको थियो ।
पछिल्लो
आईसीसी टी-२० वरीयतामा एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा सहभागी
टोलीहरुमध्ये पनि नेपाल सबैभन्दा माथि रहेको छ ।
नेपाल एसियाली
क्षेत्रको पछिल्लो टी-२० वरीयतामा १६औँ स्थानमा रहेको छ ।
- न्युज बहार संवाददाता