भदौ १३ काठमाडौँ।
पाकिस्तानको मुल्तानमा नेपाली गायिका त्रिशला गुरुङले बुधबारदेखि सुरु हुन लागेको
एसिया कप क्रिकेटको उद्घाटन समारोहमा प्रस्तुति दिने भएकी छन् ।
नेपाली
समयानुसार अपरान्ह सवा ३ बजेदेखि समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच उद्घाटन
खेल सुरु हुने तालिका छ । पाकिस्तान क्रिकेट टिमका अनुसार खेल सुरु हुनुअघिको
उद्घाटन समारोहमा पाकिस्तानी गायिका आइमा बैग र नेपाली गायिका त्रिशला गुरुङले
प्रस्तुति दिने जनाइएको छ ।
- न्युज बहार संवाददाता