कार्तिक १३, काठमाडौँ । सिंगापुरले आज भएको टी–२० विश्वकप फाइनल एसियामा नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । अबको केही बेरमा नेपालले जवाफी ब्याटिङ सुरु गर्नेछ ।
सिंगापुरले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको छ ।
नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिन सफल भएका छन । सन्दीप लामिछाने करण केसी, गुल्सन झाले दुई—दुई विकेट हात पारेका छन ।
- न्युज बहार संवाददाता