असोज ८, काठमाडौँ । पीएसजीले मार्सेमाथि सहज जित हात पारेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मार्सेमाथि सहज जित हात पार्दै लिग वानमा विजयी बाटोमा फर्किएको छ भने हिजोको यस खेलमा किलियान एमबाप्पे चोटग्रस्त बनेका छन ।
पीएसजीका स्टार फरवार्डले लियोनार्डो बालेर्डीको प्रारम्भिक ट्याकलपछि खेल जारी राख्ने प्रयास गरे पनि हाफ टाइम अघि नै मैदानबाट बाहिरिएका थिए । मार्सेलीलाई पीएसजीले ४-० गोलले हराएको हो ।
चोटका कारण एमबाप्पेले अक्टोबर ४ मा हुने च्याम्पियन्स लिगमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने आशङ्का गरिएको छ ।
- न्युज बहार संवाददाता