Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | २० माघ २०८०, शनिबार

माघ २०, काठमाडौँ । आज छैटौँ संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल टियु क्रिकेट मैदानमा बिहान ९ : १५ बजेदेखि सुरु हुनेछ ।

फाइनलका दुई टिम मध्ये पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो भने आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल आएको हो । भैरहवामा भएको लिग चरणको खेलमा आर्मी पुलिससँग १३ रनले पराजित भएको थियो । पुलिसले भने लिगका सबै ९ खेल जितेको छ ।

आर्मीको विनोद भण्डारी र पुलिसको दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्दैछन । 

  • न्युज बहार संवाददाता

थप