मंसिर ४, काठमाडौँ । युरो २०२४ छनोट अभियानमा पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै अन्त्य गरेको छ । १० औँ खेलमा आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० औँ जीत हासिल गरेको हो ।
खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाएका थिए ।
क्रिस्टियानो रोनाल्डोको प्रहारलाई दोस्रो हाफमा आइसल्याण्डका गोलकिपरले बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरेका हुन ।
- न्युज बहार संवाददाता