Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एनपीएलका कप्तानहरुले भने ‘हामी पुर्णरुपमा तयार छौँ’

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

मंसिर १४, काठमाडौँ । एनपीएल - नेपाल प्रिमियर लिग क्रिकेटमा सहभागी आठैँ टोलीका कप्तानहरुले आफूहरु एनपीएलका लागि पूर्णरुपमा तयार रहेको‌ बताएका छन् । आज आठ वटा टिमको कप्तानहरु घोषणा गरिएको छ ।  त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत् आज शुक्रबार नै कप्तानहरु घोषणा गरिएको हो ।

एनपीएलका आठ टोली मध्ये सात टोलीमा टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाउँदा जनकपुर बोल्ट्सको कप्तानमा भने अनिल शाह नियुक्त भएका छन् ।

टिम र कप्तानको कुरा गर्दा विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, काठमाडौँ गुर्खाजको कप्तान करण केसी, चितवन राइनोजको कप्तान कुशल मल्ल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, ‌ सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी कर्णाली याक्सको कप्तानमा सोमपाल कामी रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप