कार्तिक ६, काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२०
शृङ्खलाको आफ्नो चौथो खेलमा यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट
मैदानमा भएको खेलमा नेपालले यूएईले दिएको १६५ रनको लक्ष्य पाँच विकेट गुमाएर १९.२
ओभरमा पुरा गरेको हो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक
६२ रनको योगदान गरेका हुन । त्यस्तै
कप्तान रोहित पौडेलले ४७ बनाएका छन भने दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६
चौका प्रहार गर्दै ४० रनमा अविजित रहेका हुन ।
- न्युज बहार संवाददाता