असार २२, काठमाडौँ। असार २८ गते देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। पहिलो खेलमा नेपालले पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रकाशन गरेको खेल तालिकाअनुसार असार २९ गते नेपाल र पाकिस्तानबीचको खेल हुनेछ।
त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल साउन १ गते भारतको ‘ए’ टिमसँग खेल्नेछ भने साउन ३ गते नेपालले युएईको ‘ए’ टिमसँग खेल्ने छ।
- न्युज बहार संवाददाता