कार्तिक ३, काठमाडौँ । नेपालले एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । शनिबार मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
शनिबार नै प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि संयुक्त अरब इमिरेट्स (यूएई) र सिंगापुरबिच खेलिने भएको छ । सेमिफाइनलमा पुग्न नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बनेका हुन ।
अहिलेसम्म समूहगत चरणको तीनवटै खेलमा नेपालले जित हात पारेको थियो।
- न्युज बहार संवाददाता