भदौ १८, काठमाडौँ । आईसीसी वुमन्स टी-२० विश्वकप
एसिया छनोट प्रतियोगिता मलेसियामा जारी रहेको छ । आज हुने
चौथो खेलमा नेपालले कतारसँग खेल्दैछ ।
मलेसियाको युकेएम-वाईएसडी
क्रिकेट ओभल बांगीमा हुन लागेको आजको खेलमा नेपालले
टस जितेर पहिले बलिङ रोजेको छ ।
समूह ‘ए’ अन्तर्गत लगातार तीन खेल जितेर अपराजित
रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्ने पक्का छ ।
- न्युज बहार संवाददाता