फागुन १३, काठमाडौँ । घरेलु मैदानमै भएको आईसीसी
क्रिकेट विश्वकप लिग २ अनतर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल
नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।
नेपालको यो
घरेलु मैदानमै भएको लिग २ मा तेस्रो हार हो भने यसअघि नामिबियासागको दुवै खेलमा नेपाल
पराजित भएको थियो ।
नेपालले
दिएको १७३ रनको लक्ष्य त्रिवि मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले ३७.५ ओभरमा २
विकेट गुमाएर पूरा गरेको छ । नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि भने कुनै
विकेट लिन नसक्दा तेस्रो हारको सामना गर्न पुगेको हो ।
दीपेन्द्र
सिंह ऐरी र ललित राजवंशीले नेपालका लागि समान १ विकेट लिएका छन ।
- न्युज बहार संवाददाता