असोज ८, काठमाडौँ । नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो ।
नेपालले अब सेमिफाइनलमा भुटान वा भारत मध्ये एकसँग खेल्ने छ ।
नेपालले घरेलु मैदान दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सलाई ४-१ गोलले पराजित गरेको हो ।
नेपालले खेलमा सुरुदेखि नै दबाब बनाएको थियो ।
- न्युज बहार संवाददाता