कार्तिक २, काठमाडौं । नेपाल यू–१९ प्रिमियर कपको समूह चरणमा निरन्तर विजयी रहँदै सेमिफाइनल प्रवेश गरेको छ।
नेपालले साउदी अरेबियालाई बिहीबार १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै साउदी अरेबियामाथि ३०१ रनको फराकिलो जित निकालेको हो ।
साउदीले यूएसडी यूकेएम ओभलमा ३४८ रनको विशाल लक्ष्य पछ्याएको थियो तर साउदीले नेपालको स्पिन अट्याक भने झेल्न सकेन ।
आजको खेलमा नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिन सफल भएका छन ।
- न्युज बहार संवाददाता