पुस २४, काठमाडौँ । नेपाल अहिले आइसिसी यू-१९ विश्वकपका लागि दक्षिण अफ्रिकामा रहेको छ । यसैबिच विश्वकपको तयारीका लागि खेलिएको अनौपचारिक वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको छ।
नेपालले सोमबार
राति सकिएको खेलमा स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको थियो तर स्कटल्यान्ड ४३.२
ओभरमा १४९ रनमै अलआउट हुन पुग्यो ।
बलिङमा
नेपालका तिलकराज भण्डारीले ३ विकेट लिए भने आकास चन्दले २ विकेट हात पारे।
नेपाल उक्त
खेलमा पहिले ब्याटिङ गरेको थियो भने ४९.२ ओभरमा २८४ रनमा अलआउट भएको थियो । गुल्सन
झाले नेपालका लागि शतक प्रहार गरे। उनले कुल ११४ रन जोडेका थिए ।
नेपाल
क्रिकेट संघ (क्यान)का अनुसार दिपक बोहराले नटआउट ५८ रन जोडेको थिए ।
- न्युज बहार संवाददाता