पुस ४, काठमाडौँ । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क आइपिएल २०२४ का लागि भएको अक्सनमा अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न्।
उनको
आधार मूल्य २ करोड भारु रहेको थियो । उनका लागी सुरुमा दिल्ली क्यापिटल्सले बोली
लगाएको थियो। त्यसपछि कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्ससँगै पनि अक्सनमा उत्रिएको थिए
।
तर अन्तिममा
स्टार्कलाई गुजरात र कोलकताबीचको भिडन्तमा कोलकताले भित्र्याउन सफल भयो।
उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन्।
अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई यसअघि
आजै सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो।
स्टार्कलाई कोलकताले २४.७५ करोडमा भित्राएपछी उनि नै आइपिएल २०२४
का लागि भएको अक्सनमा अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न् ।
- न्युज बहार संवाददाता