साउन ३१, काठमडौँ । अमेरिकन टिम इन्टर मियामी कप्तान
लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं गोल गरेका छन । लगतारको
जितसँगै टिम इन्टर
मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
इन्टर मियामीले बुधबार बिहान भएको सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गरेको हो । जित सँगै इन्टर मियामी उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि इन्टर मियामीले मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
इन्टर मियामीका लागि चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा मेसीसँगै जोर्दी अल्वा, जोसेफ मार्टिनेज र डेविड रुइजले गोल गरेका थिए ।
मेसी यसै सिजन अमेरिकन क्लब गएका हुन । उनले ६ खेलमा ९ गोल गरिसकेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा रहन सफल भएका छन् । इन्टर मियामी पहिलो पटक कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो ।
- न्युज बहार संवाददाता